लुम्बिनी साँस्कृतिक न.पा.-९ सोनवर्षी,रुपन्देही
khudabagarmavi@gmail.com 9857011012
   

School Photo

१.१ विद्यालयको परिचय
भगवान गौतम बुद्घको जन्मस्थली नजिकै रहेको श्री खुदाबागर माध्यमिक विद्यालय रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका-९ मा अवस्थित छ । यो विदयालय वि. स. २०१९ सालमा कक्षा १ को अध्यापन कार्यको प्रारम्भ गर्दै स्थापना भै हाल कक्षा १२ सम्म सञ्चालित छ ।
१.२ ऐतिहासिक पृष्ठभूमि
रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका –९ भगवान गौतम बुद्घको जन्मस्थलीको काखमा अवस्थित यस श्री खुदाबगर माध्यमिक विद्यालयको स्थापना वि.स. २०१९ सालमा स्थानीय जनसमूदायले शिक्षाको आवश्यक्ता महसुस गरी भएको हो । यो विद्यालय स्थापना भएको क्षेत्रमा खुर्दाबाँगर देवीस्थान रहेकाले यहाँका बुद्घिजिवी ,समाजसेवी सोही देवीस्थानको नामबाट विद्यालयको नामाकरण गरेकाले विद्यालयको नाम खुर्दाबाँगर रहन गएको थियो।  खुर्दाबाँगर शब्दलाई लेख्य रुपमा प्रयोग गर्दा सरकारी निकायले यसको अनुमति पत्रमा खुर्दा शब्दलाई खुदा लेखिदिएकाले विदयालयको नाम खुदाबागर कायम हुन गएको हो ।
वि.स. २०१९ सालमा कक्षा १को अनुमति लिएर स्थानीय जग्गामा दाता श्री काशीराम तिवारीले प्रदान गरेको १२ कठ्ठा जग्गामा रहेको बरको रुख मूनिबाट कक्षा १को पठन पाठन प्रारम्भ भएको थियो । तत्कालिन प्रधान पञ्च एवम् वि.व्य.स. अध्यक्ष श्री अबुहरेरा खाँको पहलमा वि.स. २०१९।०७।१० गते स्थायी अनुमति विद्यालयले प्राप्त गर्यो । वि.स. २०२५ सालमा तत्कालिन प्रधान पञ्च बाबुराम लोहारले दुई कोठे भवनको छत ढलान गरे पछि विद्यालयको भौतिक निर्माण कार्य प्रारम्भ भएको थियो । सोही भवनलाई वि.स. २०३५ सालमा तत्कालिन प्रधान पञ्च श्री राम समूझ चौधरीले प्लाष्टर कार्य गरी पूर्णता दिनु भएको थियो ।
वि.स. २०५३ सालमा सम्ममा यो विदयालय मल  जल नपाएको विरुवा जस्तै लामो समय सम्म प्राथमिक तहमै खुम्चिन पुग्यो । वि.स. २०५४ सालमा तत्कालिन खुदाबागर गा.वि.स.का अध्यक्ष तथा वि. व्य. स.का अध्यक्ष श्री बैतुल्लाह फकिर ज्यूको शिक्षाप्रति लगाव र चेतना र प्रयासबाट विदयालयले निम्न माध्यमिक तहको अनुमति प्राप्त गरी स्तरोन्नति गर्न सफल भयो । वि.स. २०५४ देखि २०५७ सम्ममा विदयालयमा ६कोठे भवनको निर्माण कार्य सम्पन्न भयो । सोही समयावधिमा श्री बैतुल्लाह फकिर ज्यूले विद्यालय हाता भित्र रहेको गा.वि.स.को कार्यालय रहेको २ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरी गा.वि.स.को कार्यालय लाई विद्यालय हाता बाहिर सारी विद्यालयमा उपयुक्त शैक्षिक वातावरण कायम गर्नु भयो । वहाँको सो कार्य ऐतिहासिक तथा अत्यन्त सह्रायिन छ । गा.वि.स. अध्यक्ष तथा वि.व्य.स. अध्यक्ष श्री बैतुल्लाह फकिर ज्यूको अथक प्रयासमा यो विद्यालय वि.स. २०५७ सालमा माध्यमिक तहमा स्तरोन्नति हुन पुग्यो । सोही समयमा ४ कोठे शौचालयको निर्माण भएको थियो ।वि.स. २०५९ सालमा अध्यक्ष श्री बैतुल्लाह फकिर र विद्यालयका प्रधानाध्यापक श्री प्रकाश प्रसाद शुक्ल ज्यूको विषेश पहलमा विद्यालयको वरिपरि पर्खालखानेपानीको लागि (हैण्डपाइप)चापाकल व्यवस्था भएको थियो । सोही समयमा श्री बैतुल्लाह फकिर ज्यूको पहलमा आधरभूत परियोजनाको २ कोठे भवन,२० सेट फर्निचर साथै शिक्षा कार्यालयले उपलब्ध गराएको २० सेट फर्निचरको निर्माण कार्य सम्पन्न भएको थियो ।

वि.स. २०६५ सालमा वि.व्य. स.का अध्यक्ष श्री भिक्षु मैत्री,सम्पर्ण सदस्य र प्रअ श्री प्रकाश प्रसाद शुक्ल ज्यूको पहलमा यस विद्यालयले कक्षा ११को अध्ययन अध्यापन शिक्षा समूहका विषयबाट प्रारम्भ गरी हाल कक्षा ११र १२ मा शिक्षा र व्यवस्थापन समूहको अध्ययन अध्यापन भै रहेको छ ।

१.३ भौगोलिक अवस्था:

विश्व शान्तिदुत तथा शान्तिका प्रतिक भगवान गौतम बुद्धको पवित्र जन्मस्थली लुम्बिनी देखि ४ कि.मि. पूर्व तथा रुपन्देहीको सदरमुकाम भैरहवा देखि १६ कि.मि. पश्चिम भैरहवा कपिलवस्तु सडक खण्डको महजिदिया चोक देखि १.५ कि.मी उत्तर सूर्यपुरा जाने रोडको छेउमा  श्री खुदाबागर माध्यमिक विद्यालय अवस्थित छ । यस विद्यालयको पूर्वतिर चैनपुरवा गाँउ,उत्तर तिर लकडीगढ रमवापुर चौराहापश्चिमतिर सोनवर्षी तथा दक्षिणमा सोनवर्षा गाँउ रहेको छ ।

१.३.१ विद्यालयको अवस्थिति

लुम्बिनी प्रदेश जिल्लाः रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ गाउँ सोनवर्षीयो विद्यालय २७०३१ु२४” अक्षांश र ८३०९ु७” देशान्तर मा अवस्थित छ ।

१.४ विद्यालय समुदायको बनोट:

यस विद्यालय क्षेत्रको समुदायको बनौट मिश्रित रहेको छ । मुख्य रुपले चौधरी,यादव जातिहरुको बाहुल्यता रहेको मल्लाह,सहानी,कंहार,हरिजन,पासी मुसालमन बसोबास गरिरहेका छन यहाँ बस्ने जातिहरुको घर व्यवहारको भाषा अवधि रहेको छ । यस क्षेत्रका मानिसहरुको मुख्य पेशा कृषि हो । उनीहरुको आर्थिक स्तर कमजोर रहेको तथा यहाँ बसोबास गर्ने अधिकाँश अशिक्षित रहेका छन ।

१.५ सेवा क्षेत्र:

जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ सोनवर्षी मा अवस्थित यस श्री खुदाबागर माध्यमिक विद्यालयले सेवा पु¥याएको सेवा क्षेत्रहरु लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१० महजिदियामधुबनीमहिलवारीपिपरपतियाबुधनीपुरमहिलवार वडा नं. ९ अन्तर्गत सोनवर्षासोनवर्षीरमवापुरलकडीगढचैनपुरवाबेलभरियापिपरावडा नं.८ अन्र्तगत एक्ला भरवलिया वडा नं.६ पर्सा,रमवापुर र मायादेवी गाउँपालिका वडा नं. १ अहिरौलीधमौलीकोमरहियाबसन्तपुरदुविहवावडा नं.२ गुण्डा,पचविरवा,भिलरहवा,वडा नं.४ अन्र्तगत सुण्डीगुण्डीबनकसिहाँ साथै गैडहवा गाँउपालिकाको वडा नं. ३ गोबडौरी,मंगलपुर हुन ।


विद्यालय व्यवस्थापन समिति
शिव प्रसाद पाण्डेय
अध्यक्ष
9805495800
शिक्षक/कर्मचारी विवरण
प्रकाश प्रसाद शुक्ल
प्रधानाध्यापक
9857011012
राम बली यादव
शैक्षिक स‌याेजक
9807574312
सतीश चन्द्रमणि त्रिपाठी
नमूना स‌याेजक
9857012172
विनाेद यादव
बिहानी कक्षा स‌याेजक
9867089129
अरुण मरासिनी
परीक्षा स‌याेजक
9847052734
राम समुझ गुप्ता
शिक्षक
9857015861
अरुण प्रताप सि‌ह
शिक्षक
9806911755
रामाकान्त पाण्डेय
शिक्षक
9816455578
चन्द्र मणि त्रिपाठी
शिक्षक
9867166215
जाेगेन्द्र लाेध
शिक्षक
9806982876
नीलम गुप्ता
शिक्षक
9807438852
जीत बहादुर यादव
शिक्षक
9804468650
विजय कुमार यादव
अ‌ग्रेजी माध्यम स‌याेजक
9807454075
दशरथ प्रसाद बरइ
शिक्षक
9806918828
भगवती घले थापा
शिक्षक
9843226982
लक्ष्मी पराजुली भुषाल
शिक्षक
9742351379
लवकुश तिवारी
शिक्षक
9817573658
राम प्रसाद गुप्ता
शिक्षक
9806910052
सम्पर्क विवरण

खुदाबागर माध्यामिक विद्यालय
Khudabagar Secondary School
लुम्बिनी साँस्कृतिक न.पा.-९ सोनवर्षी,रुपन्देही
9857011012
khudabagarmavi@gmail.com


© २०८३ सर्बाधिकार सुरक्षित खुदाबागर माध्यामिक विद्यालय।